हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका व्यक्ति पक्राउ
उदयपुर : हातहतियार तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका उदयपुरको बेलका नगरपालिका-९ रामपुरका ३६ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत प्रहरीले पछिल्ला केही दिन यता घरमै लुकिछिपी बसेको सूचनाका आधारमा नेपालीलाई पक्राउ गरेको हो।
उनलाई २०७७ माघ २२ गते जिल्ला अदालत उदयपुरले उक्त मुद्दामा ५ महिना दुई दिन कैद र छ हजार जरिवाना तोकेको थियो। अदालतको फैसलापछि फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी विशेष टोलीले पक्राउ गरेको एसपी रमेश थापाले बताए। पक्राउ परेका नेपालीलाई कानुनी प्रक्रिया पूरा गरी कारागार पठाइएको उनले बताए।