प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता
नेपाल र चीनबीच द्विपक्षीय बैठक
काठमाडौं : नेपाल र चीनबीच द्विपक्षीय बैठक भएको छ। जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी चीनफिङ नेतृत्वको प्रतिनिधिमण्डलबीच बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
झेजियाङको राजधानी सहर हाङ्झाउमा १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि उनीहरुबीच औपचारिक भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने बताइएको छ।