मुस्ताङमा असोज १८ गतेदेखि कृषि तथा पर्यटन महोत्सव

मुस्ताङमा असोज १८ गतेदेखि कृषि तथा पर्यटन महोत्सव
सुन्नुहोस्

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘कृषि तथा पर्यटन’ महोत्सव आयोजना गर्ने भएको छ। असोज १८ देखि २० गतेसम्म महोत्सव सञ्चालन हुने छ। 

मुस्ताङमा उत्पादित कृषि उपजको प्रदर्शनी, बजारीकरण तथा प्रवर्द्धन, मुस्ताङको धार्मिक कलासंस्कृति, मौलिकता,स्थानीय रहनसहन र पर्यटनमैत्री जिल्लालाई पर्यटक सामु परिचित तुल्याउन महोत्सव आयोजना गरिएको हो। 

गाउँपालिका कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मोहनसिंह लालचनले महोत्सव आयोजनाको तयारी भइरहेको जानकारी दिए। 

यसका लागि विभिन्न समिति र उपसमिति गठन भइसकेको अध्यक्ष लालचनले बताए। कुनै पनि कार्यक्रम सफल बनाउन मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अध्यक्ष लालचनले घरपझोङको कृषि तथा पर्यटन महोत्सवको प्रचार प्रसार गरी महोत्सव सफल बनाउन स्थानीय पत्रकारहरुलाई अनुरोध गरे।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले उद्घाटन गर्ने छन्। कृषिअन्तर्गत घरपझोङ गाउँपालिकास्तरीय कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रर्दशनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ।

महोत्सवमा गाउँपालिकाले प्रवाह गर्ने सेवाहरु बारे जानकारी, कृषि बाली तथा तरकारी र फलफूल लगायतका सूचना केन्द्र, स्थानीय कलासंस्कृति झल्किने प्रदर्शनी, स्थानीय मौलिक झाँकी,स्थानीय रैथाने बालीका परिकारको स्टल,खुला तारा र खुला भलिबल खेल समावेश गरिएको छ।

घरपझोङ गाउँपालिकाले आयोजना गर्ने खुला तारा खेलको विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। उपविजेताले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। 

खुला भलिबलतर्फको च्याम्पियनले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। उपविजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.