धार्मिक सद्‍भाव कायम राख्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष

धार्मिक सद्‍भाव कायम राख्नुपर्छ : राष्ट्रियसभा अध्यक्ष
सुन्नुहोस्

परासी : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशमा जातीय र धार्मिक सद्‌भाव खल्बलाउने संकेत देखा पर्न थालेको बताएका छन्। 

धार्मिक सहिष्णुता बिग्रने गरी देशका केही स्थानमा संकेतहरू देखा पर्न थाल्नु गम्भीर विषय भएको भन्दै सबै धर्म मिलेर सद्‌भाव कायम राख्नुपर्नेमा उनले जोड दिए। 

नवलपरासीमा रहेको मुस्लिम संगठन ‘ओल्मा काउन्सिल नेपाल’ले शनिबार परासीमा आयोजना गरेको संयुक्त धर्म सम्मेलनलाई सम्बोधन गर्दै उनले जातीय र धार्मिक विभेदको बाछिटा विभिन्न जिल्लामा पनि पर्न गएकाले यसलाई रोक्नका लागि सबै धर्महरू लाग्नु पर्नेमा जोड दिए। 

पछिल्लो पटक धार्मिक सद्‌भाव बिग्रने संकेत बढ्दै गएपछि ओल्मा काउन्सिलले नवलपरासीका सबै धार्मिक संगठनहरूको भेला गरेर सम्मेलन गरेको हो। अध्यक्ष तिमिल्सिनाले भने, ‘कोशी प्रदेशबाट देखिएको धार्मिक र जातीय विभेदको संकेत केही मथ्थर भएको छ। त्यसलाई अन्यत्र फैलिन नदिन यस्ता कार्यक्रमहरू देशभरी नै गर्नुपर्छ। नवलपरासीबाट सुरुवात भएको संयुक्त धर्म सम्मेलन अब कोशी प्रदेशमा पनि गर्न जरुरी छ।’ 

देशभरी नै शान्ति, एकता र धार्मिक सद्धभावको सन्देश दिन धार्मिक संस्थाहरू लाग्नुपर्नेमा उनले जोड दिए। धार्मिक सहिष्णुता र एकताका बारेमा नेपालबाट दुनियाँले सिक्नुपर्ने बताउँदै उनले सबै धर्मको आस्थाअनुसार हिड्नका लागि देशलाई धर्म निरपेक्षता घोषणा गरिएको बताए।

आयोजक संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मजंहरीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा जिल्लामा रहेका हिन्दु, मुस्लिम, क्रिश्चियन धर्मका धर्मगुरु र अभियन्ताहरूले धार्मिक सद्‌भाव बिथोल्न खोज्ने तत्वहरूलाई परास्त गर्न आफूहरू एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका थिए।

सम्मेलनमा लुम्बिनी प्रदेश सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सामाजिक संघसंस्थाहरूको सहभागिता रहेको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.