नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित
फाइल तस्बिर।

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित भएका छन्। शनिबार क्यानको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन्। 

अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गरे भने अर्का प्रत्यासी प्रशान्तले ३७ मत प्राप्त गरे। दुई वर्षअघि क्रिकेटको व्यवस्थापनमा आउने उद्घोषसहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए। खड्का नेपाली क्रिकेटको राष्ट्रिय टिमका पूर्व कप्तानसमेत हुन्। पराजित प्रशान्त क्यानका पूर्व कार्यवहाक सचिव हुन्। 

विवादास्पद नेपाल टी ट्वान्टी लिगको आयोजना पश्चात उनले सचिव पदबाट राजीनामा दिएका थिए।

सचिवमा निर्वाचित भएपछि पारसले क्रिकेटका राम्रा र नराम्रा पक्षलाई एकठाउमा ल्याएर यस क्षेत्रलाई संस्थागत रुपमा अघि बढाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

यता क्यानको अध्यक्षमा चुतरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। महिला सदस्यमा जयन्तीदेवी भट्ट र प्रदेशबाट निर्वाचित हुने कार्यसमिति सदस्यमा कर्णालीबाट श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध बने।

त्यस्तै खुल्ला सदस्यमा धिरेन्द्र सावद, दुर्गा पाठक, आयुस श्रेष्ठ,  विरेन्द्र चन्द , करन महत्रा क्षेत्री भए। खुल्ला सदस्यमा महत्रा र ऋषि गौतमले समान २६ मत प्राप्त गरेपछि गोलाप्रथाबाट महत्रा निर्वाचित भएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.