नेतृत्व चयनमा रस्साकस्सी

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज
बागमती प्रदेश अधिवेशनको लोगो

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। 

उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट र्‍याली निकाल्नेछ। अधिवेशनले २४९ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट प्रतिनिधि छनोट भएर आइसकेका छन्। आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार नेतृत्व चयनका सर्वसम्मतरूपमा गराउन पहल भइरहेको र सम्भव नभएमा केही पदमा निर्वाचन पनि हुनसक्छ।

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहे पनि अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि सहमतिको सम्भावना कम हुँदै गएको छ। सहमतिबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदान गराउने तयारी एमालेले गरेको छ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहितको कमिटी चयन गर्नेछ। बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान प्रदेश अध्यक्ष पाण्डे, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले दाबी गरेका छन्।  

यसअघि एमालेको लुम्बिनीमा भएको अधिवेशनमा प्रदेश कमिटीमा सचिव सर्वसम्मत भएका थिए भने अध्यक्ष लगायतका पदमा निर्वाचन भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.