राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजापाठ

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजापाठ
तस्बिर : रासस

जनकपुर : राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन्।  सोमबार राष्ट्रपति पौडेलले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरेका छन्। 

राष्ट्रपति पौडेललाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरेका थिए।  सो अवसरमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि लगायत सहभागी भएका थिए ।

राष्ट्रपति पौडेल जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको उद्घाटन गर्न जनकपुर पुगेका हुन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.