पर्सामा ३२ किलो चरेससहित एक युवक पक्राउ

पर्सामा ३२ किलो चरेससहित एक युवक पक्राउ

वीरगन्ज : पर्साको जिराभवानी गाउँपालिका-१, गम्हरीयास्थित चमरी पुल नजिकबाट प्रहरी ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले ६४ वटा पोकामा रहेको ३२ किलोग्राम चरेससहित एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साकै ठोरी गाउँपालिका-४, विजयवस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ रहेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सुवर्णपुरबाट वीरगन्जतर्फ ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा सवार भइ आउँदै गरेका श्रेष्ठलाई प्रहरीले चमरी पुल नजिकको सडकमा रोकेर चेकजाँच गरेको थियो।

त्यसक्रममा श्रेष्ठ सवार मोटरसाइकलमा लोड गरिएको पहेलो रङको बोरा खानतलाशी गर्दा ६४ वटा पोकामा ५ सय ग्रामको दरले रहेको कूल ३२ केजी चरेस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए।

चरेस र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धानका भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.