काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू (फोटोफिचर)
काठमाडौं : काठमाडौं उपत्यकामा इन्द्रजात्रा विधिवत् रुपमा सुरू भएको छ। वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोका परिसरमा मंगलबार लिङ्गो (पवित्र काठको खम्बा) ठडाएपछि इन्द्रजात्राको औपचारिक सुरुवात भएको हो।
इन्द्रजात्रा काठमाडौंमा मनाइने सबैभन्दा महत्त्वपूर्ण चाड हो। हनुमानढोकामा लिङ्गो खडा गरेपछि एक साता लामो इन्द्रजात्रा सुरू हुन्छ ।
इन्द्रजात्रामा जात्रासँग सम्बन्धित सबै देवताहरूलाई पनि आजको दिनदेखि एक साताका लागि बाहिर निकालिन्छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्राको लागिय रथयात्रा हुने क्षेत्रमा सवारी साधनमा रोक लगाएको छ।
असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ भने असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको जनाएको छ ।
महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरु हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पु¥याउन समेत महानगरपालिकाले आग्रह गरेको छ ।