स्वास्थ्य केन्द्रलाई सवास्थ्य सामग्री प्रदान
नुवाकोट : सर्वसाधारणको सुविधाका लागि नुवाकोटको विभिन्न तीन स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ। विदुर नगरपालिकाको विभिन्न ३ वटा वडामा रहेका स्वास्थ्य केन्द्रहरुलाई मंगलबार विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो।
बिदुर नपा २, ४ र ८ नं. वडामा रहेका शहरी स्वास्थ्य केन्द्रहरुमा विदुर ४ वट्टारकी युवा अभियन्ता तथा नेपाल उद्योग बाणिज्य महासंघ वाग्मती प्रदेश सदस्य महिला बिकास उपसमिति सभापति गिता अमात्यको पहलमा विभिन्न आठ प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो। अमात्यले विदुर २ का वडाध्यक्ष दीपक कायस्थ, विदुर ४ का वडाध्यक्ष नीलमवावु ढुंगेल, विदुर ८ का वडाध्यक्ष कमल श्रेष्ठलगायतलाई ति स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेकी हुन्।
हस्तान्तरित स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर आठ थान, थर्मोमिटर १५ थान, मास्क १५ हजार थान, एन९५ मास्क ५ हजार थान, अक्सिमिटर १५ थान, एकहजार चक्की आइरन ट्यावलेटलगायतका सामग्री रहेका छन् । यस प्रकारका सहयोग अन्य स्थानहरुमासमेत जारी राखिने अमात्यले प्रतिवद्धता जनाइन्।