लाभांश घोषणा सुरु

लाभांश घोषणा सुरु
सुन्नुहोस्

काठमाडौं : वाणिज्य बैंकहरूले लाभांश प्रस्ताव गर्न थालेका छन्। हालसम्म पाँच वाणिज्य बैंकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन्। माछापुच्छ्रे, सानिमा, एभरेस्ट, सिटिजन्स बैंक इन्टरनेसनल र एनआईसी एसिया बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गर्दा सर्वाधिक घोषणा गर्ने बैंक हो, एनआईसी एसिया।

यस वर्ष एनआईसी एसियाले ३० दशमलव ५३, माछापुच्छ्रेले कुल १४, एभरेस्टले २० दशमलव ५३, सानिमाले १४ दशमलव ७० र सिटिजन्स बैंक इन्टरनेसनलले ५ दशमलव ७९ प्रतिशत लाभांश दिन लागेका हुन्। यसअघि एनआईसी एसियाले दुई आर्थिक वर्ष र माछापुच्छ्रेले गत आर्थिक वर्ष लाभांश वितरण गरेका थिएनन्। एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गरेको थियो। २ वर्षपछि एनआईसीले राम्रै लाभांश प्रस्ताव पेस गर्न सफल भएको हो। अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एसियाले भने २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेतका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। एनआईसी एसिया बैंकले असोज २८ गते वार्षिक साधारणसभा बोलाएको छ।

कुल लाभांशमध्ये बोनस सेयर १३ दशमलव ३० प्रतिशत रहेको माछापुच्छ्रे बैंकले कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत छुट्ट्याएको छ। यसअघि आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सो बैंकले १३ दशमलव ३० बोनस सेयर र शून्य दशमलव ७० प्रतिशत लाभांश वितरण गरेको थियो। गत आर्थिक वर्ष लाभांश वितरण नगरेको यो बैंकले अहिले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा अगाडि लाभांश पारित गर्न लागेको छ। माछापुच्छ्रेले असोज १८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।

सानिमा बैंकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसमेतका लागि ५ दशमलव ७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव राखेको छ। गत वर्षभन्दा यस वर्ष सानिमा बैंकको लाभांशसमेत बढी रहेको छ। गत वर्ष १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले यस वर्ष ३ दशमलव ७२ प्रतिशत बढी लाभांश वितरण गर्न लागेको हो।

एभरेस्ट र सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश भने घटेको छ। एभरेस्टले १० बोनस र कर प्रयोजनसमेतका लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव पेस गरेको छ। गत वर्ष १३ बोनस सेयर र कर प्रयोजनसमेतका लागि ७ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको यो बैंकले शून्य दशमलव १५ प्रतिशत कम लाभांश वितरण गर्न लागेको देखिन्छ। सिटिजन्स बैंकले भने यस वर्ष करसमेत ५ दशमलव ७९ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै गत वर्ष कर समेत ९ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष ३ दशमलव २१ प्रतिशत कम लाभांश वितरण गर्न लागेको छ। बैंकले असोज २६ गते वार्षिक साधारणसभा बोलाएको छ।

यससँगै माछापुच्छ्रे, एनआईसी एसिया र सिटिजन्स बैंकले आफ्ना लगानीकर्तालाई दसैं अघि नै लाभांश वितरण गरिसक्ने भएका हुन्। बैंकहरुबाहेक नेस्डो समेद्ध लघुवित्त, युनिक नेपाल लघुवित्त, ओरियन्टल होटल्स तथा म्युचुअल फन्डहरुले पनि लाभांश घोषणा गरेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.