झापाका चार पालिकामा भोलि स्थानीय बिदा
झापा : झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ।
मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिने जानकारी गराएको हो।
नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ। हजरत मोहम्मद पैगम्बर इस्लाम धर्मका प्रवर्तक हुन्।