१९ औं एसियाली खेलकुद

पदक जित्ने लक्ष्यमा छौं

पदक जित्ने लक्ष्यमा छौं
सुन्नुहोस्

बुधबारको खेल हाम्रा लागि निकै महत्त्वपूर्ण थियो। पहिलो खेल जितेर उच्च मनोबलका साथ अघि बढ्ने योजना थियो। हामीले यो खेल मात्रै जितेनौं, हाम्रो योजना र रणनीतिलाई पनि सफल बनायौं। खेल जितेर मात्रै हुँदैन, आफ्नो योजना र रणनीति कत्तिको सफल भयो भन्ने पनि महत्त्वपूर्ण हुन्छ। कस्तो खेल्यौं र कस्तो खेल्नेछौं यसरी बुँदागत रूपमा भन्न सकिन्छ। 

१. बुधबार टस जितेमा पहिले बलिङ गर्ने योजना थियो। किनभने मैदानका बारेमा हामीलाई खासै केही थाहा थिएन। मंगोलियाले दिएको योगफललाई पछ्याउने हाम्रो तयारी थियो। टस हारेपछि मंगोलियाले पहिले ब्याटिङको निम्तो दियो। हामीले उत्कृष्ट ब्याटिङ गर्‍यौं। म आफैंले पनि लामो समयपछि अर्धशतक बनाएको हुँ।  

२. हामी १९औं एसियाली खेलकुदमा पदक जित्ने योजनाअनुरूप हाङचाओ आएका हौं। पहिलो खेल निकै राम्रो भयो। अब माल्दिभ्सविरुद्ध पनि यस्तै प्रदर्शन गर्नु आवश्यक छ। यहाँको कन्डिसनबारे हामीलाई धेरै कुरा अझै थाहा छैन। सबैभन्दा पहिले त्यसका बारेमा पनि जानकारी लिनु आवश्यक छ। 

३. यहाँको मौसम र पिचका बारेमा पूर्ण जानकारी भएमा मात्रै राम्रो प्रदर्शन गर्न सकिन्छ। माल्दिभ्ससँग खेल्नुअघि हामीसँग केही दिन छ। यो समयमा यहाँको कन्डिसनका बारेमा बुझ्छौं। त्यही अनुरूप तयारी पनि गर्छौं। समूह चरणको जितमा रमाउनुभन्दा पनि हामी पदक जित्ने लक्ष्य बोकेर हाङचाओ आएका हौं। 

४. क्वार्टरफाइनलमा निकै बलिया टोली छन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशजस्ता विश्वस्तरका टोलीसँग खेल्न र जित निकाल्न राम्रै मेहनत गर्नुपर्छ। 

(पौडेल, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान हुन्।) 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.