चिकित्सकहरूले मागे गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा

चिकित्सकहरूले मागे गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा
सुन्नुहोस्

वीरगन्ज : गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै चिकित्सकहरुले वीरगन्जमा प्रदर्शन गरेका छन्।

 
मेडिकल एशोसियसन अफ नेपालको अगुवाईमा चिकित्सकहरुले बिहीबार साँझ विरोध जुलुश निकालेर प्रदर्शन गरेका हुन्। जुलुशमा सहभागी चिकित्सकहरुले स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा देखि डाक्टर कुट्न पाइँदैन कि सुरक्षा दे कि भिसा दे, जेल वीथ आउट बेल लागु गर लगायतका नारा पनि लगाएका थिए।

वीर्तास्थित मेडिकल एशोसियसन अफ नेपालको  नारायणी शाखा भवन अगाडिबाट निस्किएको चिकित्सकहरुको विरोध जुलुस नगर परिक्रममा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। 

कोणसभामा बोल्दै मेडिकल एशोसियसन अफ नेपालको  नारायणी शाखा अध्यक्ष डाक्टर मनोज गुप्ताले देशका विभिन्न स्थानका अस्पतालभित्रै डाक्टरहरुमाथि आक्रमण भइरहदाँ पनि सरकार मौन बसेको बताए। दिनहुँ डाक्टर कुटिँदा पनि गृहमन्त्री र स्वास्थ्यमन्त्री कानमा तेल होर बसेकोले दुवै मन्त्रीको राजीनामा माग गरिएको उनले बताए। उनले भने, ‘कि त सरकारले हामीलाई सुरक्षा दिनु पर्‍यो कि त विदेश जाने भिसा दिनु पर्‍यो। नेपालमा बसेर काम गर्न सक्ने अवस्था नै देखिएको छैन।’

डाक्टरमाथि कुटपिट र आक्रमण गर्नेहरुलाई कारबाही गर्नुको सट्टा राज्यका निकायले नै मिलापत्र गर्ने दबाब डाक्टरमाथि दिनुले सरकार आफैंले नेपालमा डाक्टरहरु नबसुन् भन्ने चाहेको प्रष्ट भएको उनले बताए। 

प्रदर्शनमा सहभागी एशोसियसनका निवर्तमान महासचिव डाक्टर उदयनारायण सिंहले आफैं असुरक्षित भएर डाक्टरले बिरामीको उपचार गर्न नसक्ने बताए। उनले भने, 'हामीले यो सरकारसँग अरु केही होइन केवल सुरक्षाको माग गरेका छौं। डाक्टर कुट्नेलाई कानुनी कारबाही होस् भनेका छौं। तर सरकारी निकायले नै कुटपिट गर्नेहरूसँग उल्टै मिलापत्र गर भनेर डाक्टरहरूलाई दबाब दिइएको छ। यस्तो अवस्थामा हामी डाक्टरहरुको मनोबल झन् खस्किएको छ। 
 
मेडिकल एशोसियसन अफ नेपालको नारायणी शाखा अध्यक्ष डाक्टर मनोज गुप्ताको अध्यक्षतामा भएको प्रदर्शनमा वीरगन्जमा रहेका ससरकारी र निजी  स्पाल, क्लिनक , नर्सिङ होम, मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुको सहभागीता थियो। यसअघि बुधबारपनि वीरगन्जको घण्टघार चोकमा चिकित्सकहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.