एमाले बागमती अधिवेशनको निर्वाचन सरेको सर्‍यै

एमाले बागमती अधिवेशनको निर्वाचन सरेको सर्‍यै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयन प्रक्रिया सरेको सर्‍यै छ। सहमतिका लागि भन्दै फेरी निर्वाचन कार्यातालिका परिवर्तन गरिएको छ। दुई दिनमा सक्ने भनिएको अधिवेशन चार दिनमा पनि सकिएको छैन। सहमतिबाटै अध्यक्षलगायत चयन गर्न भन्दै निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। एमालेका स्थायी कमिटी समिति सदस्य शेरबहादुर तामाङले अझै सहमतिको प्रयास जारी भएकाले निर्वाचनको कार्यतालिका सारिएको बताए।

अध्यक्षमा कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र कैलाशप्रसाद ढुंगेलको उम्मेदवारी परेको छ। अध्यक्षमै उम्मेदवारी दिएका केशवराज पाण्डे र सानुकुमार श्रेष्ठले भने फिर्ता लिइसकेका छन्। 

एमालेले तेस्रोपटक निर्वाचन कार्यतालिका संशोधन गरेको छ। मुख्यतः दाहाल र ढुंगेलको प्रतिस्पर्धा छ। सहमतिका धेरै प्रयास भए पनि उनीहरू डगमग भएका छैनन्। शीर्ष नेतृत्व पनि सहमतिमा नेतृत्व चयन गर्ने दबाब छ। ‘यो अवधिमा सहमतिको प्रयास गरिनेछ,’ उनले भने।

मतदान भने शुक्रबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ। असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो। सुरुवातमा ८ र ९ गतेको अधिवेशनको मिति तय भएको थियो। ८ गते उद्घाटन भएको अधिवेशनको बन्द सत्र ९ गतेदेखि सुरुवात भएको हो। बन्द सत्र सञ्चालनका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल बनेको छ।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बास्कोटा, कमल चौलागाई, रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ, अरुण नेपाल र रत्ना गुरुङ सदस्य छन्।

बन्दसत्रमा ९ गते राजनीतिक, सांगठनिक, आर्थिकलगायतका प्रतिवेदन प्रस्तुत गरिए। समूहमा छलफल भयो र पारित गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन र समूहगत छलफल भयो र निर्वाचन कार्यक्रम भने पार्टी मुख्यालयमा गर्ने तय भयो। पहिलो निर्वाचन कार्यातालिका १० गते बिहानबाट सुरुवात भएको थियो। बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, साँझ ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन भनिएको थियो।

त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेसिनमा राखिएको थियो। मतदान भने असोज ११ गते बिहीबार बिहान ११ बजेबाट हुने तय गरिएको थियो। 

निर्वाचन कार्यातालिका अनुसार ११ गते बिहान मतदान हुनु पर्ने थियो। तर भएन, निर्वाचन कार्यक्रम परिवर्तन गरियो। यसरी तीन पटकसम्म निर्वाचन कार्यक्रम परिवर्तन भइसकेको छ। अधिवेशनमा ११७४ जना मतदाता छन्। निर्वाचन सरेको सर्‍यै हुँदा दुई दिनमा अधिवेशन सकिन्छ भनेर आएका बागमतीका १३ जिल्लाबाट आएका प्रतिनिधिको काठमाडौंमा विचल्ली भइसकेको छ। नेतृत्वले भने सर्वसम्पत्तिका लागि प्रयास हुँदा सरिरहेको बताउँदै आएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.