नासाका अन्तरिक्षयात्री ३७१ दिनमा फर्किए

नासाका अन्तरिक्षयात्री ३७१ दिनमा फर्किए
सुन्नुहोस्

१८० दिनमात्र बस्ने गरी अन्तरिक्षमा गएका अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरीक्ष यात्री फ्रैन्क रुबियो ३७१ दिनपछि पृथ्वीमा फर्किका छन्। यो सँगै उनी अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी नागरिक पनि बने। उनीसँगै अरू दुई रूसी अन्तरिक्ष यात्री पनि सँगै फर्किएको बीबीसीले उल्लेख गरेको छ।

१८० दिनमात्र बस्ने गरी गए पनि उनको यान अन्तरिक्षमै स्पेस जंकसँग ठोक्कियो। जसले गर्दा उनको यानमा केही खराबी आएकाले उनको यात्रा लम्बिएको हो। गुरुत्वाकर्षण नै नभएको ठाउँमा लामो समय बसेका कारण उनी पृथ्वीमा फर्केपछि हेरचाहका लागि एउटा रिकभरि टिम तयारी अवस्थामा राखिएको थियो। शरीरमा असर परेका कारण उनलाई रिकभरि टिमले यानबाट बाहिर निकालेको थियो।

उनको यात्राबाट धेरै महत्वपूर्ण जानकारी मिल्ने वैज्ञानिकहरूले अनुमान गरेका छन्। अब उनीबाट मानव शरीर कसरी लामो समयसम्म अन्तरिक्षमा रहन सक्छ, मांसपेशी, मस्तिष्क तथा पाचन प्रणालीमा के कस्ता असर परेका छन् भन्ने बारेमा जानकारी मिल्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.