पुराना दललाई रवि लामिछानेको सुझाव - सहमतीय सरकार बनाएर देशका समस्या समाधानमा लाग्नुहोस्

पुराना दललाई रवि लामिछानेको सुझाव -  सहमतीय सरकार बनाएर देशका समस्या समाधानमा लाग्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको चार वर्ष सदु्पयोग गर्न पुराना दलहरूलाई सुझाव दिएका छन्। उनले देशका तमाम समस्याहरू सुल्झाउन रास्वपाबाहेक सहमतिय सरकार बनाएर काम गर्न समेत आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमा 'सम्पूर्ण पुराना दलहरूलाई अपिल' भन्दै उनले सुझाव दिएका छन्।

'देशमा ब्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो ४ वर्ष तपाईंहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतिय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर  तिनलाई ढाक छोप गरी प्रमाण लुकाएर,थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरुको जिम्मा। तर 'मिसन ८४' भनेर  तपाईंहरूले भनेको त फिटिक्कै सुहाएन। तपाईैको लागि त मिसन ८० नै छ त! मिसन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त !! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०,मिसन८१,मिसन८२, मिसन ८३ छदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ,लोकरिझ्याई वाला, सिद्धान्त नभएका, आफ्नै सहिद नभएका दललाई पुरै असान्दर्भिक बनाइदिनुस्। ४/४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। ४ वटा सहि निर्णयले मात्रै पनि  मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई। राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर!! कि तपाईको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु,सोच्नु होला,'लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.