दुबई पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने अशोक पक्राउ
काठमाडौं : दुबई पठाइदिन्छु भन्दै तीन लाख बढी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अर्घाखाँचीका २५ वर्षीय अशोक भट्टराईलाई पक्राउ गरेको हो। उनी काँडाघारीबाट पक्राउ परेका थिए।
भट्टराईले अजय कुमार महतोलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु, त्यसको लागि ३ लाख ५ हजार लाग्छ भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। उनले बाइक राइडरमा काम लगाइदिने र मासिक ८० हजार पाउने भन्दै प्रलोभन देखाएका थिए।