संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ

संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : भन्सार ऐन अन्तर्गतको कसुर र संगठित अपराध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा विगु गाउँपालिका-१ का १९ वर्षीय राज तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा सूचना अधिकृत प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

तामाङलाई प्रहरीले बिहीबार काठमाडौंको वनस्थलीबाट दुई थान मोबाइलसहित नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.