दोलखामा थप ३ किलो सुन बरामद, एकजना पक्राउ

दोलखामा थप ३ किलो सुन बरामद, एकजना पक्राउ
सुन्नुहोस्

काठमाडौं : दोलखामा तस्करीको थप ३ किलो सुनसहित केशव तामाङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले तामाङलाई पक्राउ गरेको हो। 

सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार शुक्रबार बरामद भएको ३ किलो सुन दुई दिनअघि बरामद भएको चार किलो सुनसँगै तस्करी भएको हो। अधिकारी भन्छन्, 'दुवै सुन एउटै समूहको भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।' 

पछिल्लो समय तस्कर भएको सुन विमानस्थलमा समातिन थालेपछि तस्करहरू नयाँ रुट बनाएर तस्करीमा सहभागी भइरहेका छन्। चीनबाट तस्करी गरेर भित्र्याएको ७ किलो सुनमध्ये ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेबाट केशव तामाङ पक्राउ परेका हुन्। 

सिआईबीका अनुसार चार किलो सुन लुकाएको कोठा नजिकै अर्को कोठामा खानतलासी गर्दा थप ३ किलो सुन भेटिएको हो। दोलखाबाटै बिहीबार ४ किलो सुनसहित एकै गाउँका ५ जना पक्राउ परेका थिए। तस्करीको उक्त सुन चीनको सीमाबाट लामाबगर हुँदै भित्रिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। पक्राउ परेका आरोपीलाई संगठित अपराधमा अनुसन्धान गरिँदै छ। 

यही प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौंको बौद्धबाट राज तामाङ पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार यसअघि पक्राउ परेका ५ जनाले दिएको बयानको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। यो समूहले ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने अनुमान प्रहरीको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.