होमस्टेले फेरिएको जीवन

होमस्टेले फेरिएको जीवन
सुन्नुहोस्

गुलरिया : खेतबारीमा मात्र काम गर्ने मधुवन नगरपालिका– ४ स्थित सूर्यपटुवाको ‘डल्ला खाता जैविकमार्ग होमस्टे’ सञ्चालन गर्न थालेपछि चम्फी योगीथारू आर्थिक रूपमा सबल बनेकी छिन्। डल्लामा होमस्टे सञ्चालन गर्दै आएका २० घरका महिला जीविकोपार्जन गर्दै घरपरिवार चलाउन थालेका हुन्। 

थारू समुदायका ग्रामीण महिला जैविक विविधता संरक्षण गर्दै यतिखेर पर्यटक घरमै भिœयाएर आम्दानी गर्न सफल बनेका हुन्। ‘घरखर्च चलाउन मुस्किल थियो, जतिबेला होमस्टे सञ्चालनमा थिएनन्। खेतीपातीको काम मात्र गर्नुपथ्र्यो। होमस्टे चल्न थालेपछि घरखर्च मात्र होइन, आम्दानीले परिवार पाल्न सक्षम बनाएको छ’ योगीथारूले भनिन्। डल्लामा २० घरले होमस्टे सञ्चालन गर्दै आएका छन्। होमस्टे सञ्चालन गर्न पाउँदा महिला र बालबालिका लाभान्वित भएका छन्। होमस्टेमा थारू परिकार खान, संस्कृति हेर्न, बस्ने प्रबन्ध छ। होटलमा भन्दा सस्तोमा होमस्टेले सेवा दिँदै आएका छन्। तिनीहरूको आशातित प्रवद्र्धन भने हुन सकेको छैन। सरकारले निर्माण गरेको ग्रामीण पर्यटन विकास नीतिअनुसार होमस्टे सञ्चालन गर्न सके होमस्टे सञ्चालन गरेका गाउँहरूमा कोही पनि बेरोजगार नहुने खाता जैविकमार्ग होमस्टे व्यवस्थापन समिति डल्लाका अध्यक्ष परशुराम थारूले बताए। 

डल्ला होमस्टेमा थारू परिकार, संस्कृति, संस्कारलगायत यहाँको जैविक विविधता अवलोकन गर्न पर्यटकहरू आउँछन्। उनले भने, ‘सरकारले होमस्टे पुग्ने सडक, विद्युत्, स्वास्थ्य, सूचना सञ्चार एवम् यातायातलगायतको भौतिक पूर्वाधार विकास नगरेसम्म होमस्टेले फड्को मार्ने सम्भावना छैन। जाति, समुदायको सांस्कृतिक खुला संग्रहालय पनि स्थापना गर्नुपर्ने आवश्यकता छ।’ नेपालमा पर्यापर्यटनको यथेष्ट सम्भावना रहे पनि भौतिक पूर्वाधारलगायत राज्यको उदासीनताका कारण पर्यटन व्यवसाय आशातित रूपमा फस्टाउन सकेको छैन।

नेपालमा पर्यटन वर्ष मनाउने क्रममा खोलिएका होटल व्यवसाय एवम् होमस्टे यतिखेर आर्थिक मन्दीको मारमा छन्। मधुवन नगरपालिकामा नेपालकै लामो गेरुवा (कर्णाली) पर्यटकीय पुल, खाता जैविकमार्ग, ताराताललगायतका पर्यटकीय गन्तव्य रहेको नगर प्रवक्ता मेखबहादुर गुरुङले बताए। डल्ला होमस्टेमा बेलायती राजकुमार ह्यारीले पनि अवलोकन गरिसकेका छन्। पालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा योजना अघि सारेको उनले सुनाए। 

कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीलगायत पर्यापर्यटन विकासमा सरकारको उदासीनताले पर्यटन व्यवसायी मारमा परेका छन्। पर्यटकलाई लक्षित गर्दै खोलिएका होटल व्यवसाय तथा होमस्टे पाहुनाको पर्खाइमा छन्। बर्दिया जिल्ला पर्यटनको अथाह सम्भावना बोकेको छ। यहाँ जैविक विविधता, सांस्कृतिक सम्पदा, धार्मिक धरोहर, कृषि उपज, नदीजन्य स्रोतलगायत पर्यटनको प्रचुर सम्भावना छ। बर्दिया पर्यटनको साथै पर्यापर्यटनको पनि अथाह सम्भावना भएको जिल्ला हो। पर्यटकले जैविक विविधाको आनन्दसँगै थारूलगायत विविध समुदायको सांस्कृतिक विविधता पनि अवलोकन गर्न पाइछ। सरकारले यहाँको दिगो पर्यापर्यटन संरक्षण गर्दै भौतिक पूर्वाधारहरूको यथाशिघ्र विकास अघि बढाउनु जरुरी रहेको उनी बताउँछिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.