नक्साबारे पहिले नै कुरा गरिसकेका छौं, आउने दिनमा अझ सकरात्मक ढंगले जानेछ : प्रधानमन्त्री

नक्साबारे पहिले नै कुरा गरिसकेका छौं, आउने दिनमा अझ सकरात्मक ढंगले जानेछ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको नक्साबारे पहिले नै कुरा गरिसकेको बताएका छन्। शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नराखिएकोबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले पहिले नै कुरा भएको जवाफ दिएका हुन्।

उनले भने, ‘नक्साबारे पहिले नै हामीले कुरा गरिसकेका थियौं । नक्साबारे समग्रमा चर्चा भएको छ र यो विषयमा आउने दिनहरुमा अझ सकरात्मक ढंगले जानेछ।’

चीन भ्रमणमा जानु अगाडि माओवादीका नेताहरुले भ्रमणमा नक्साबारे प्रधानमन्त्रीले कुरा उठाउने बताएका थिए। तर नेपाल सरकारले प्रधानमन्त्री प्रचण्डले दाबी गरे झैं चीनसँग गरेको औपचारिक कुराकानी सार्वजनिक भएको छैन।

उनले शिक्षक र स्वास्थ्यकर्मीको मागको विषयमा सरकारले वार्ता गर्ने र सकरात्मक समाधान हुने बताए। प्रचण्डले चीन र नेपाल सरकारले प्राविधिक तयारी गरेर पोखरामा सकेसम्म छिटो उडान हुने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.