पर्वतमा बाढीले बगाएको जीप र एक यात्रुको शव फेला

पर्वतमा बाढीले बगाएको जीप र एक यात्रुको शव फेला
सांकेतिक तस्बिर।
सुन्नुहोस्

जीप मोदीखोलाभन्दा केही माथि जम्बुर भन्ने ठाउँमा हिलोले पुरिएको अवस्थामा फेला परेको जिप्रका पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। शवको सनाखत भएको छैन। वेपत्ता दुईजनाको खोजी भइरहेको प्रनाउ भुसालले बताए।

बागलुङ : पर्वतको कुश्मा  नगरपालिका–७ र ८ को सिमानामा पर्ने तमादीखोलामा आएको बाढीले बगाएको जीप र एक यात्रुको शव फेला परेको छ।

जीप मोदीखोलाभन्दा केही माथि जम्बुर भन्ने ठाउँमा हिलोले पुरिएको अवस्थामा फेला परेको जिप्रका पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। शवको सनाखत भएको छैन। वेपत्ता दुईजनाको खोजी भइरहेको प्रनाउ भुसालले बताए।

मध्यपहाडी लोकमार्गको तमादीखोलामा शनिबार साँझ आएको बाढीले बागलुङदेखि पोखरा जाँदै गरेको ग १ ज ६२१३ नम्बरको यात्रुबहाक टाटा सुमो जीप बगाएको थियो। चारजना सवार उक्त जीपमा चालकले हाम्फालेर ज्यान बचाएका छन्भने तीन जना बेपत्ता रहेका छन्। सवारी चालक कास्की  हेम्जाका बसन्त बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.