रवि लामिछानेले भने : चीन भ्रमणबाट प्रधानमन्त्रीले ‘मुड फ्रेस’ गरे तर मूल्यवृद्धि गरेर जनताको ‘मुड अफ’ बनाए

रवि लामिछानेले भने : चीन भ्रमणबाट प्रधानमन्त्रीले ‘मुड फ्रेस’ गरे तर मूल्यवृद्धि गरेर जनताको ‘मुड अफ’ बनाए

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' चीन भ्रमण गरेर मुड फ्रेस गरेर आएको भन्दै व्यङ्ग्य गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेले आफूले मुड फ्रेस गरेर आएपछि मूल्यवृद्धि गरेर जनताको मुड अफ गराएको टिप्पणी गरेका हुन्।

उनले आयाल निगम किन घाटामा गएको हो भन्दै प्रश्न गरेका छन्। अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि गर्दा घटेका बेलामा किन घटाएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘यो आयल निगम व्यापार पनि आफैं गर्छ, आयात पनि आफैं गर्छ। नियामक निकाय पनि उही हो, सबै कुरा आफैं गर्छ र भन्छ सधैं घाटामा छु भन्छ। कर्मचारीलाई बोनस बाँड्न भ्याउँछ तर घाटामा रहन्छ। घाटा के हो ? निर्क्योल गरियोस्।’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारअनुसार मूल्यवृद्धि भएको हो भने घटेका बेलामा यसले मूल्य कति घटाउँदैन। घटाउन दुई/तीन दिन किन लगाउँछ. गम्भीर ध्यानाकर्षण होस्।’

प्रचण्ड दुई साता लामो विदेश भ्रमण गरेर शनिबार स्वदेश फर्किएका हुन्। सरकारले चाडबाडको मुखमा मूल्यवृद्धि गरेकोप्रति विरोध जनाउँदै प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक रास्वपाले बहिस्कार गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.