जापान पठाइदिने भन्दै रकम ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ
काठमाडौं :जापान पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा Genuine Placememt Pvt.Ltd का सञ्चालक ५० वर्षीय डिल्लीराम खतिवडा रहेको प्रहरीले जनाएको छ।
मोरङ लेटाङ नगरपालिका -२ घर भइ हाल काठमाडौंको धुम्बाराही विष्णु गल्तीमा बस्दै आएका खतिवडा कोटेश्वरबाट पक्राउ परेका हुन्।
ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ४६ लाख ठगी गरेको आरोप खतिवडामाथि छ।
उनलाई थप अनुसन्धान र कारवाहीका लागि रोजगार विभाग ताहाचाल पठाइएको छ।