कैद जरिवाना तोकिइ फरार रहेका व्यक्ति पक्राउ
काठमाडौं : कैद जरिवाना तोकिइ फरार रहेका एकजना व्यक्ति पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दाका प्रतिवादी २९ वर्षीय सुरोज घिसिङ रहेको प्रहरीले जनाएको छ।
उच्च अदालत पाटनले गत असार ८ गते बैंकिङ कसुर मुद्दामा घिसिङलाई दुई दिनको कैद र ५ लाख रुपैयाँ विगो मागसहित आदेश दिएको थियो।
प्रहरीले उनीलाई आज काठमाडौंको बुढानिलकण्ठ-८ कपनको बालुवाखानीबाट नियन्त्रणमा लिएको हो।
घिसिङलाई काठामडौं जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।