बट्टारबजारबाट गुणस्तरहीन सामान जफत
नुवाकोट : नुवाकोटको बट्टारबजारका पसलबाट गुणस्तरहीन सामान जफत गरी जरिवाना गरिएको छ । नुवाकोटको संयुक्त बजार अनुगमन समितिद्वारा अनुगमनका क्रममा अखाद्य वस्तु नियन्त्रणमा लिएर पसलवाट जरिवाना गरिएको गरिएको घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटले जनाएको छ ।
मापदण्ड विपरित गरिएको फेला परेपछि २ वटा पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरी १०/१० हजार रुपैयाँ जरिवाना गरि राजश्व संकलन भएको कार्यालय प्रमुख किशोर सापकोटाले जानकारी दिए । उनका अनुसार विदुर -२ को आरके ट्रेडर्सलाई १० हजार, विदुर ४ को न्यु दाजुभाई जनरल स्टोर्सलाई नगद १० हजार रुपैयाँ नगद जरिवाना गराइएको हो । अनुगमनका क्रममा अन्य कतिपय पसललाई मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिइएको छ ।
यसका साथै बजार अनुगमनको क्रममा म्याद नाघेका, लेबल नभएका तथा मापदण्ड विपरितका विभिन्न सामग्रीसमेत गरि कूल १३ हजार ९ सय २० रुपैयाँ बराबरको अखाद्य वस्तु जिल्ला बजार अनुगमन समितिको रोहवरमा जफत गरिएको छ । ति सामग्रीहरु नष्ट गरिने घरेलु कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार अनुगमनका क्रममा गुणस्तरीयता, लेवल, व्यवसाय दर्ता नवीकरण, मुल्यसूची, नापतौल, खाद्यवस्तु खरिद बिल र बिक्रि बिलको निरीक्षण गरिएको हो । संयुक्त बजार अनुगमन समितिद्वारा दुई साताको अवधिमा ७२ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको छ । विभिन्न पसलहरुवाट एकलाख २५ हजार रुपैयाँ नगद जरिवाना गरिएको प्रमुख सापकोटाले जानकारी दिए ।