केपी ओली प्यूठान जाने कार्यक्रम स्थगित

केपी ओली प्यूठान जाने कार्यक्रम स्थगित
फाइल तस्बिर

बुटवल : खराब मौसमका कारण पूर्व प्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली प्यूठान जाने कार्यक्रम स्थगित भएको छ। मंगलबार नौवहिनी गाउँपालिका प्यूठानको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि ओली जाने कार्यक्रम तय भएको थियो।

प्रमुख अतिथि आउन नसक्ने भएपछि पूर्व निर्धारित कार्यक्रम स्थगित गर्नुपरेको गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए। अर्को कार्यक्रमका लागि गाउँपालिकाको बैठक बसेर मौसम अनुकूलतामा तय गरिने उनले जानकारी गराए।

गाउँपालिका भवन उद्घाटनसहित विजुवारस्थित जुम्रिबजारमा नेकपा एमालेका अध्यक्ष ओलीले प्यूठानबासीसँग साक्षात्कार गर्ने कार्यक्रम तय भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.