जनप्रतिनिधिले नै संघीयता बुझेनन् : सांसद काफ्ले

जनप्रतिनिधिले नै संघीयता बुझेनन् : सांसद काफ्ले

वीरेन्द्रनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद कन्दनराज काफ्लेले जनप्रतिनिधिले नै संघीयता नबुझेको बताएका छन्। संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयन र तीन तहका सरकारको भूमिकाका बारेमा जनप्रतिनिधिसँग गर्ने अन्तरक्रियाका लागि कर्णाली आएका कांग्रेस युवा नेता काफ्लेले यस्तो बताएका हुन्। 

उनले नेपालमा जनताका ठूलो संघर्ष र बलिदानीको बलमा प्राप्त संघीयतालाई जनप्रतिनिधिहरूले नै नबुझ्दा जनताले व्यवस्थामाथि प्रश्न उठाउन थालेको बताए।

उनले भने, 'नेपालमा राजतन्त्रको विरुद्धमा लोकतन्त्र र संघीयताको पक्षमा नारा लगाउने हामी हौं। नेपाली कांग्रेसकै नेतृत्वमा लोकतन्त्र र संघीय शासन प्रणालीसहितको संविधान जारी भएको हो। कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मुलुकमा शान्ति र लोकतन्त्र ल्याए। कांग्रेसकै सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले संविधान दिए। कांग्रेसकै सभापति शेरबहादुर देउवाको नेतृत्वमा कार्यान्वयन भयो। तर कांग्रेसकै जनप्रतिनिधिहरुले यो व्यवस्थाको विषयमा बुझेका छैनन्। जसले कार्यसम्पादन पनि प्रभावकारी भएन।' संघीयता अहिले कर्मचारीबाट निर्देशित भएको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.