१४१ जना ज्येष्ठ नागरिकको उपचार
नुवाकोट : नुवाकोटको देवीघाटमा सोमबार ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क वितरणसमेत गरिएको छ।
ज्येष्ठ नागरिकहरू प्रेरणाको स्रोत र समाजको मार्गदर्शक भएका कारण उनीहरूको विदुर नगरपालिका-५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा स्वास्थ्य परीक्षण शिविर गरिएको हो। सो अवसरमा प्रतिष्ठानमा रहेका र अन्य ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको आयोजक प्रतिष्ठानले जनाएको छ।