सेयर बजारमा १७.५६ अंकको गिरावट

सेयर बजारमा १७.५६ अंकको गिरावट
सुन्नुहोस्

काठमाडौं : अघिल्लो दिन सामान्य सुधार आएको सेयर बजार फेरि घटेको छ । साताको तेस्रो दिन सेयर बजार परिसूचक १७.५६ अंकले घटेर १९५८.७२  विन्दुमा पुगेको हो ।  दुईदिन घटेर सोमबार सामान्य अंकले बढेको नेप्सेले सुधारको आशा देखाएको थियो तर, सो खुसी दोस्रो दिन पनि टिक्न सकेन।

कारोबारमा आएका १८७ स्क्रिप्टको मुल्य घट्दा नेप्सेमा ०.८८ प्रतिशतको गिरावट देखियो । ४४ स्क्रिप्टको मूल्य बढ्दा २ वटाको भने स्थिर रहे । नेप्से घट्दा सेन्सिटिभ इन्डेक्स ३.६६ अंकले घटेर ३७४.३९ अंकमा कायम भयो ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्सेले अन्तिममा सुधारको प्रयास गरेपनि हरियो बन्ने सकेन । नेप्से घटेको दिन कारोबार रकममा पनि भारी गिरावट आएको छ । दिनभर ३९ लाख ६५ हजार कित्ता सेयर १ अर्ब १९ करोड ९१ लाख १ हजार रुपैयाँमा किनबेच भए । कूल २ सय ८१ स्क्रिप्टका सो संख्याको सेयर ५५ हजार कारोबारमार्फत् किनबेच हुन सम्भव रह्यो ।

सोमबार ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँमा खरिदबिक्री भएका थिए। नेप्से घटेको बजार कूल पुँजीकरण २९ खर्ब ८६ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ । लगानीकर्ताको कुल सम्पत्ति अघिल्लो दिनको तुलनामा २७ अर्बले घटेको हो ।

बजारमा मूल्य बढेका ४४ कम्पनीमध्ये समता घरेलु लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.९१ प्रतिशतले बढ्दा घलेम्दी होटलको सेयर भाउ ७.८१ प्रतिशतले सुधार आयो । यस्तै हिमालयन लघुवित्तका सेयरधनीले ६.२२ प्रतिशत कमाए । गुमाउनेमा सामुदायिक लघुवित्तका सेयरधनी अगाडि रहे । कम्पनीको मूल्य ७.५४ प्रतिशतले घट्दा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथको मूल्य ७.०८ प्रतिशतले घटेको छ ।

बजार घटेको दिन कारोबार रकमका आधारमा सिटिजन्स लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो । कम्पनीको १ लाख २५ हजार ४५१ कित्ता सेयर सर्वाधिक ५ करोड ५९ लाख रुपैयाँमा किनबेच हुँदा एनआईसी एसिया बैंकको पनि ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । कारोबार रकमका आधारमा रिलायबल लाइफ, शिभम् सिमेन्ट र सन नेपाल लाइफ शीर्ष ५मा परे ।

सेयर बजार घटेको दिन समूहगत उपसूचक सबै ऋणात्मक देखिए । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचकमा सर्वाधिक १.४७ प्रतिशतको गिरावट आयो । विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत् र अन्य समूहको उपसूचकमा पनि १ प्रतिशतभन्दा बढीले गिरावट आयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.