गुणस्तरीय शिक्षा र सामाजिक न्यायमा जोड दिन्छौं : मुख्यमन्त्री शर्मा

गुणस्तरीय शिक्षा र सामाजिक न्यायमा जोड दिन्छौं : मुख्यमन्त्री शर्मा
फाइल तस्बिर
सुन्नुहोस्

वीरेन्द्रनगर :  कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा गुणस्तरीय शिक्षा र सामाजिक न्यायसहितको समाज निर्माण गर्न सरकार लागिरहेको बताएका छन्। सुर्खेतमा आयोजित कार्यक्रममा उनले दिगो विकासका लक्ष्य र मानव विकास सूचकांकमा कर्णाली धेरै पछाडि रहेको बताए। त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरीय शिक्षा, गाँउमै भरपर्दो आधारभूत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसरसहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने उनको अठोट छ। 

समृद्ध कर्णाली, सुखारी कर्णालीबासी बनाउने महान अभियानमा सरकार र साझेदार निकायहरूको सहकार्य आवश्यक रहेको उनको भनाइ छ। 'हामी काम गर्ने वातावरणसहितको सहयोग गर्न तयार छौं। सरकारका नीति तथा कार्यक्रमलाई पूर्णरूपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायको खाँचो छ। कर्णालीमा बालबालिकाहरुको उज्वल भविष्य निर्माणका लागि शिक्षामा सुधार, सामाजिक विभेद् र कूप्रथाहरूको अन्त्य जरुरी छ। त्यसैमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.