आममाफी विरुद्धको मुद्दा ‘हेर्न भ्याइएन’

आममाफी विरुद्धको मुद्दा ‘हेर्न भ्याइएन’
भारती शेर्पा (मानन्धर)
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर कारागारबाट छुटेका  योगराज  (रिगल)  ढकालविरुद्धको मुद्दा दोस्रो पटक पेशीमा चढे पनि हेर्न भ्याइएन।

नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई ढकालले सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए। १२ वर्षको सजाय बाँकी छँदै ढकाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिएका थिए। २०७२ असार २८ खुँडा प्रहार गरी ढकालले चेतनको हत्या गरेका थिए। 

तरुण दल, बाँके-३ का तत्कालीन क्षेत्रीय सभापति ढकालले संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी पाएका थिए। श्रीमानलाई खुँडा प्रहार गरी हत्या गरेका ढकाललाई राष्ट्रपति पौडेलबाट कैदमाफी भएपछि चेतनकी श्रीमती भारती शेर्पा (मानन्धर)ले असोज १४ गते रिट दायर गरेकी थिइन। सोमबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद  श्रेष्ठको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो। त्यस्तै मंगलबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा दोस्रो पटक पेशी थियो। तर, डा. चुडालको इजलासमा पनि हेर्न नभ्याइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। 

रिट निवेदनमा राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौं र रिगल ढकाललाई विपक्षि बनाइएको छ। 

आममाफी पाएपछि जिल्ला कारागारमा दाङबाट रिहा भएका ढकाललाई फूलमालासहित नेपालगन्जमा कार्यकर्ताले स्वागत गर्दै अविरजात्रा गरेका थिए। ढकाल हप्ता असुलीमा संलग्न भएको र सो को विरोध गर्दा चेतनमाथि खुँडा प्रहार भएको पीडित परिवारले जनाएको छ। 

न्यायका लागि धर्ना दिने तयारी 
बाँकी ८ वर्षको सजाय भुक्तान नगर्दै ढकाल कारागारबाट छुटेपछि त्रासमा रहेकी पीडित भारतीले न्यायका लागि माइतीघर मण्डलामा धर्ना दिने भएकी छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भारतीले तनावका कारण डीप्रेशनको औषधि सेवन गर्नुपरेको बताइन्। ‘अड्डा अदालतमा धेरैपटक धाउनुपर्‍यो। अदालतले दोषी ठहर गरेको गर्दा न्याय पाएको महसुस भएको थियो,’ उनले भनिन,‘ दिनदहाडै हत्या गर्नेलाई किन दिइयो आम माफी ? संविधान दिवसको अर्थ यही हो?’ न्यायका लागि माइतीघर मण्डलामा धर्ना दिने तयारी रहेको पीडित परिवारले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.