‘नेपालको पुँजी बजार ध्वस्त छ, सरकार मस्त निद्रामा छ’

सेयर वाणी

‘नेपालको पुँजी बजार ध्वस्त छ, सरकार मस्त निद्रामा छ’
फाइल तस्बिर।
सुन्नुहोस्

बैंक वित्तीय संस्थामा लगानीयोग्य रकम प्रशस्त हुँदाहुँदै ऋण प्रवाह हुन सकेको छैन। जसको कारण हो, बैंकहरूको अस्वस्थ प्रतिस्पर्धा र नेपाल राष्ट्र बैंकको गलत नीति हो।

नेपालको पुँजी बजार ध्वस्त छ। लगानीकर्ताले खर्बौं रकम गुमाइसकेका छन्। राज्यलाई एक महिनामा ३ अर्ब २५ करोड रुपैयाँ कर बुझाएको क्षेत्र हो पुँजी बजार। पुँजी बजार ध्वस्त हुँदा अर्थमन्त्री र नियामकलाई चासो छैन। अर्थमन्त्रीज्यू ‘गभर्नर सा’ब मैले भनेको टेर्नु हुँदैन’ भन्ने अभिव्यक्ति दिनुहुन्छ।

सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउन को लागेको छैन र ? पूर्वअर्थमन्त्रीज्यूहरूले सक्दो पहल गरिरहनु भएको छ, मुद्दा उठाइरहनु भएको छ। सेयर बजार विरोधी यो नीति आएको दुई वर्षपछि बल्ल आवाज उठ्दा ‘तँ कुटेजस्तो गर्, म रोएजस्तो गर्छु’ भएको पो हो कि ? समग्र अर्थव्यवस्था तहसनहस हुँदा अर्थमन्त्री निदाउनु भएको छ, सरकार मस्त निद्रामा छ।

- हरि ढकाल, प्रतिनिधिसभा सदस्य


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.