बझाङमा भूकम्प : नगरपालिकाले दियो आइतबारसम्म विद्यालयमा बिदा

बझाङमा भूकम्प : नगरपालिकाले दियो आइतबारसम्म विद्यालयमा बिदा
सुन्नुहोस्

बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाले भूकम्पको त्रास नहटेको भन्दै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ। भूकम्पका कारण धेरै विद्यालयमा क्षति भएको र चर्केको अवस्थामा रहेकाले आइतबारसम्म बिदा दिएको हो। 

भूकम्पबाट भएको क्षति र हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिएको शिक्षा शाखाले जनाएको छ। शिक्षा शाखाले विपतको घडीमा सबै सजग र सुरक्षित स्थानमा रही हातेमालो गरि अघि बढ्न पनि आग्रह गरेको छ। 

भूकम्प मापन केन्द्रका भुकम्पविद् चिन्तन तिम्सिनाकाअनुसार बझाङमा १२ वटा ठूला र ८८ वटा साना गरि १०० वटा पराकम्प गइसकेका छन्।

भूकम्पका कारण बझाङका धेरै परिवार विस्थापित भएका छन्। बझाङ प्रहरीका अनुसार भूकम्पबाट अहिलेसम्म बझाङमा एक जनाको पहिरोमा परि महिलाको मृत्यु भएको छ भने १३५ संरचनामा क्षति पुगेको छ। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखल टोलकी ४० वर्षीया गुनमति धामी रहेकी छन्। 
 
प्रहरीले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार थलारामा ६० घरमा, जयपृथ्वी नगरपालिकामा ४१ घरमा, केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। अझैं क्षति संख्या बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.