जैविक मार्गका बासिन्दाको बेहाल
गुलरिया : भारतको कर्तनियाघाट बन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय खाता जैविक मार्ग बीचमा बसोबासगर्दै आएकी सरस्वती रावल खेतबारीमा जनावर धपाउँदा दिक्क छिन्। जंगली हात्ती, बाँदरलगायत चित्तल प्रजाती उनको टाउको दुःखाई बनेको छ। बन्यजन्तुको आक्रमणको जोखिम मोलेर खेतबारीबाट दिनहुँ जनावर धपाउनु पर्ने उनको नियती नै बनेको छ।
हात्ती, बाघ, गैंडा लगायतका ह्रिसक बन्यजन्तुको ओहोरदोहोरले गर्दा धेरै धनजनको क्षती ब्यहोर्नु पर्छ। जैविकमार्ग पछिल्लो समय हामीलाई चुनौती बन्दै छ। ह्रिंसक बन्यजन्तुको मानविय, पशुधन एवम् भौतिक आक्रमणको पीडा त छँदैछ। बन्यजन्तुबाट बालीनाली क्षती हुँदा चिन्ता लाग्छ। उनले थपिन् यतिखेर हात्ती, बाँदरले मकै, धानवाली लगायत अन्नपात नोक्सान गर्छ। अन्नबाली मात्र होईन हात्तीले घर पनि भत्काई दिन्छ। हात्तीलाई छेकवार गर्न बलियो पर्खाल लगाउनुपर्छ। हामी लामो समयदेखि बन्यजन्तुको चपेटामा पर्दै आएका छौं। धनजनको क्षतीको पीडा ब्यहोर्न हामी बाध्यछौं।
जैविक मार्गमा बसेको ३ दशक भन्दा बढी भइसक्यो। सरकारले मानवीय सुरक्षा गर्न पनि सकेन सम्झना सामुदायिक बनका सचिव एवं स्थानीय रामबहादुर केसीले बताए। राज्यले कित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्यो नत्र जंगल भित्रको मानवीय परनिर्भरता हटाउनुपर्छ। हामीलाई त सरकार भएको महशुस पनि हुन छाड्यो। उनले भने, 'जैविकमार्गमा बस्ने स्थानियलाई जंगलमा निर्भर नहुने किसिमको रोजगारीको ब्यवस्था गर्नुपर्छ। दातृ निकायले ब्यवसायीक त बनाउन खोज्छन् तर जंगलमै भर पर्नुपर्छ। स्थानीयको स्वास्थ्य शिक्षालगायत आधारभुत आवस्यकता पूरा हुने योजना राज्यले बनाउनुपर्छ।'
सुमदायले बन संरक्षण गरेसँगै खाता जैविकमार्गमा बन्यजन्तुको चाप बढेको छ। त्यस्तै जैविकमार्ग वरीपरी वसोवास गर्ने समुदायको पनि जनसंख्या पनि उत्तिकै वृद्धि भएको पाइन्छ। जैविकविविधता जोगाउन समुदायको हात रहेकोले उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्ने दायित्व देखिन्छ। स्थानीय जनप्रतिनिधि, लुम्बिनी प्रदेसका मुख्यमन्त्रीलगायत संघीय संसदका माननीयसहितको टोलीले खाता जैविकमार्गमा मानव बन्यजन्तु विचको द्वन्द रोक्न पहल गर्न आवस्यक देखिएको लुम्बिनी प्रदेसकी सांसद मालती सोडारीले बताइन्। त्यसका लागि आफूले तत्काल नेतृत्व गर्ने उनको प्रतिवद्धता छ।
खाता जैविकमार्गमा बन्यजन्तु बढेसँगै स्थानीयहरु त्रासमा छन्। बन्यजन्तुबाट हुने मानविय लगायत पशुचौपाया, अन्नबाली क्षती रोक्न तिनै तहका सरकार समयमै सजग हुनु जरुरी देखिन्छ सांसद सोडारीले भनिन्। खाता जैविकमार्गलगायत नेपालका मरुभुमी भइसकेको ठाउँमा हरियाली बनाउन उपभोक्ता समूहहरुको ठूलो लगानी रहेको बागमती प्रदेस सांसद भारती पाठकको भनाई छ। पछिल्लो समय बन्यजन्तुको आतंक बढेकोले स्थानीय, प्रदेस, संघ तिनै तहका सरकारले समुदायसँग परामर्श गरी सुल्झाउनुपर्ने सुझाव उनको छ। सामुदायिक बनहरुमा लगाईएको तेहेरो कर हटाई निकुञ्ज लगायत मध्यवर्ती क्षेत्र नियमावली परिवर्तन गर्नुपर्ने आवस्यकता संरक्षणकर्मी माझ खड्किएको पाठकको भनाई छ।