झोलुङ्गे पुलले वस्ती जोडियो

झोलुङ्गे पुलले वस्ती जोडियो
सुन्नुहोस्

विराटनगर : मोरङको धनपालथान गाउँपालिका ५ स्थित गुरुङटोल र कटहरी गाउपालिका ७ स्थित सरदार बस्तीका बीच भएर बग्ने लोहन्द्रा खोलामा झोलुङ्गे पुल बनेपछि दुई स्थानीय तह एक आपसमा जोडिएको छ। खोला तरेर ओहोरदोहोर गर्ने समस्याले आजित भएका दुवै स्थानीय तहका बासिन्दाहरू अहिले सहजै घण्टो लगाएर गर्नुपर्ने काम वा भेटघाट अहिले मिन्टोमा गरिरहेका छन्।

वर्षभरि पाँच फिटभन्दा बढी पानी बग्ने सो खोला हुँदै आरपार गर्ने स्थानीयहरूले अहिले काम पर्नासाथ सहजै आफन्तलाई भेट्न र काम गर्न जाने गरेका छन्। समान्यरूपमा वर्षा हुनेवितिकै एक टोलबाट अर्को टोल पुग्न खोला तरिनुपर्ने वा १० किलोमिटरको बाटो तय गरेर पुग्नुपर्ने बाध्यता थियो। खोला तर्न नसक्नेले १२२ मिटरको बाटोको दूरी तय गर्न १० किलोमिटर घुमेर पुग्नुपर्ने बाध्यता थियो। 

गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ग्यानन्द सरदारले सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयमार्फत सो पुल बनाएका हुन्। सहरी विकास मन्त्रालयसँगको सहकार्यमा वडाकै बासिन्दाको मागअनुसार संघीय सासद अमनलाल मोदी र निर्वतमान संघीय सांसद शिवकुमार मण्डलको सहयोगमा धनपालथान र कटहरीबीचमा पर्ने लोहन्द्र खोलामा झोलुङ्गे पुल निर्माण गरिएको वडाध्यक्ष गयानन्द सरदारले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.