नवलपरासीका सबै पालिकाका हाकिम फेरिए
![नवलपरासीका सबै पालिकाका हाकिम फेरिए](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
परासी : नवलपरासीका सबै (सात वटै) पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु फेरिएका छन्। रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय मानबहादुर खड्काको मन्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक सरुवा भएपछि उनको ठाउँमा लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयबाट मोहन अर्याललाई पठाइएको छ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको कपिलवस्तुको बाणगंगा नगरपालिकामा सरुवा भएको छ। उनको ठाउँमा कपिलवस्तुको शिवराज नगरपालिकाबाट चेतनाथ गिरीलाई पठाइएको छ।
त्यसैगरी सरावलका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलको गृह मन्त्रालय सरुवा भएको छ। उनको ठाउँमा पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिकाबाट बिशाल मिश्रालाई पठाइएको छ। प्रतापपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेको रुपन्देहीको मर्चवारी गाउँपालिकामा सरुवा भएको छ । उनको ठाउँमा मर्चवारीकै प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईलाई पठाइएको छ।
पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको लुम्बिनी प्रदेश कार्यालयमा सरुवा भएको छ। उनको ठाउँमा सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेललाई सरुवा गरी पठाइएको छ। पौडेलको जिल्लाकै अर्कोपालिका पाल्हीनन्दनमा सरुवा भएपनि सुस्ताको रिक्त प्रमुख प्रशासकीय अधिकृतमा अर्घाखाँची पाणिनी गाउँपालिकाबाट हुमलाल भुसाललाई पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)