तिलागुफा अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा
वीरेन्द्रनगर : कालिकोटको तिलागुफा नगरपालिका निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको पालिका घोषणा गरिएको छ। नेपालको संविधानले आधारभूत शिक्षा निःशुल्क र अनिवार्य भनेर गरेको व्यवस्थाअनुसार कालिकोटको तिलागुफालाई संविधानमा भएको व्यवस्था नागरिकतहमा अनुभूति गर्नेगरी कार्यन्वयन गर्दै निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको पालिका घोषणा गरिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को उप दफा (ज) अनुसार स्थानीय तहलाई माध्यामिक र आधारभूत शिक्षासम्बन्धीका २३ वटा अधिकारहरू व्यवस्था गरेको छ। साक्षर कर्णाली बनाउने अभियानलाई पूर्णता दिन र संविधानको पूर्ण पालिनाका लागि अब तिलागुफा नगरपालिकाका सबै नागरिकले अनिवार्य आधारभूत शिक्षा पढ्नुपर्ने र आधारभूत तहमा विद्यालयले कुनै पनि बाहनामा शुल्क उठाउने नपाइनने तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायले बताए।
उनले भने, 'बुधबार तिलागुफालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको पालिका घोषणा गरिएको छ। अब सबै बालकालिका विद्यालय भर्ना गर्नुपर्ने, विद्यालयले कुनै पनि बहानामा शुल्क लिन नपाइने भएको छ। कुनै पनि कारण देखाएर आधारभूत शिक्षा हासिल हुनेबाट छुट्न अब कसैलाई पनि छुट छैन। यसमा बालबालिका, अभिभावहरू, विद्यालय र शैक्षिक सरोकारवालाहरू बढी जिम्मेवार हुनुपर्छ।'