विराटनगरमा कार र मोटरसाइकल दुर्घटना : विमानस्थलको सुरक्षामा खटिएका सेनाका दुई हवल्दार घाइते

विराटनगरमा कार र मोटरसाइकल दुर्घटना : विमानस्थलको सुरक्षामा खटिएका सेनाका दुई हवल्दार घाइते
सुन्नुहोस्

विराटनगर : विराटनगर विमानस्थलको सुरक्षार्थ खटिएका नेपाली सेनाका दुई जना हवल्दार बुधबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ पिपल चोकस्थित सडक किनारमा रोकेर राखिएको बा १२ प १३०४ नम्बरको कारमा को ३५ प ५०६० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार राति १०:१० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलमा सवार नेपाली सेनाका हवल्दारहरु बर्दिया बासगढी नगरपालिका–१ घर भएका अन्दाजी ४० वर्षीय भरत विष्ट र दार्चुलाको सिप्टी गाउँपालिका–२ घर भएका अन्दाजी ३९ वर्षीय मानसिंह थकुवा घाइते भएका हुन्। 

विष्ट मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ। विष्ट र थकुवा विमानस्थल सुरक्षा गार्ड विराटनगरमा कार्यरत नेपाली सेनाका हवल्दार हुन्। गम्भीर घाइते दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको डीएसपी दाहालले बताए।

दुर्घटनालगत्तै प्रहरीले कार र चालक विराटनगर–७ का राघव राठीलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको दाहालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.