राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक

भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल

भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।

बैठकमा भूकम्पबाट पीडित र प्रभावित जनतालाई राहत, उद्दार, पुनर्स्थापना तथा पुनर्निर्माणका बारेमा आवश्यक निर्णय तथा कार्यान्वयनका लागि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को १२ औ बैठकमा छलफल भएको हो।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा बसेको बैठकले प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

 प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी भएको प्रचण्डको भनाई छ। उनले भने,‘सरकारका तर्फबाट राहत, उद्दार, उपचार , पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन दिइने छैन।’

भूकम्प मापन केन्द्रका अनुसार मंगलबार १२ पटकसम्म भूकम्पको धक्का महसुस भएको छ। केन्द्र अनुसार मंगलबार राति १२ : १६ बजेमा ४.१ रेक्टर स्केलको,  १२ : ५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

यसैगरी मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५,५ रेक्टर स्केलका ८ पटक गएको केन्द्रले जनाएको छ। ४ भन्दा मुनिका पनि भूकम्प गएको भएपनि रेकर्डमा राखिएको छैन। 

मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.