माओवादी केन्द्रका सचिव आचार्य अस्वस्थ, वीर अस्पतालमा पुगेर भेटे प्रचण्डले
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रका सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार बिहान वीर अस्पतालमा भर्ना भएर उपचाररत आचार्यलाई भेटेका हुन्।
पार्टीको रुपान्तरण अभियानका लागि सुदूरपश्चिम पुगेका आचार्य अस्वस्थ भएपश्चात मंगलबार हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो। चिकित्सकहरुले आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रचण्डलाई जानकारी गराएका छन्। आचार्यको एक्कासी ढलेको र उनको दाहिने हात खुट्टा नचलेको बताइएको छ।