कृषि समिति सभापति आरजु नेतृत्वको प्रतिनिधिमण्डलले गर्‍यो बंगलादेशको कृषि परियोजना निरीक्षण

कृषि समिति सभापति आरजु नेतृत्वको प्रतिनिधिमण्डलले गर्‍यो बंगलादेशको कृषि परियोजना निरीक्षण
सुन्नुहोस्

काठमाडौं :  नेपाली सांसदको उच्चस्तरीय प्रतिनिधिमण्डल बंगलादेश पुगेको छ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा .आरजु राणा देउवासहित समिति सदस्यहरू ढाका पुगेका हुन् । कृषिमा बंगलादेशले आत्मनिर्भर बन्न हासिल गरेको सफलताबारे अध्ययन गर्न डा.राणा नेतृत्वको टोली अहिले बंगलादेश भ्रमणमा छ।

नेपाली प्रतिनिधिमण्डलले बंगलादेशमा कृषिमन्त्री, संसदको कृषिमन्त्रालयसम्बन्धी समिति, सभामुख र विदेशराज्यमन्त्रीसँग भेटवार्ता गरेको छ। भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले कृषि परियोजनाको अवलोकन गरेको छ ।  

नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा बंगलादेशका कृषि मन्त्रालयका अधिकारीहरूले बंगलादेशले कृषि क्षेत्रमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराएका थिए । बंगलादेशको विदेश  मन्त्रालयका अनुसार उनीहरुबीच दुई देशको अनुभव र अभ्यासलाई आत्मसात गरेर कृषि क्षेत्रमा काम गर्नेबारे छलफल भएको हो।

null

बंगलादेशका कृषिमन्त्री डा. मोहम्मद अब्दुर रज्जाकले दुई देशबीचको कृषि सहयोगलाई सुदृढ बनाउन वैज्ञानिक विशेषज्ञता आदानप्रदान र प्रविधि हस्तान्तरणमा जोड दिए । यसैगरी विदेशराज्यमन्त्री मोहम्मद सहरियार आलमसँगको भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोगका विभिन्न क्षेत्रमा छलफल भएको छ।

नेपाली सांसदहरूको प्रतिनिधिमण्डल र बंगलादेशका सभाभुख शिरिन शर्मीन चौधरीबीच भेटवार्ता भएको छ। भेटका क्रममा सभामुख चौधरीले बंगलादेश-नेपाल सम्बन्धलाई थप बलियो बनाउन दुई देशका सांसदहरूको समूह गठन गर्न जोड दिएकी थिइन्। सभामुखले दुई देशले उर्जा,कनेक्टिभिटी र पर्यटनजस्ता क्षेत्रमा आपसी सहकार्य गरी नेपाल बंगलादेशको सम्बन्धलाई थप मजबुत बनाउन सकिने बताएका थिइन्।

नेपाली प्रतिनिधिमण्डलले बंगलादेशको संसदको कृषि मन्त्रालयसम्बन्धी समितिका अधिकारीसँग पनि छलफल गरेको छ। बंगलादेशी अधिकारीहरूले नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशले कृषि क्षेत्रमा हासिल गरेको प्रगतिका बारेमा जानकारी गराएका थिए । उनीहरुबीच दुई देशको अनुभव र अभ्यासलाई आत्मसात गरेर कृषि क्षेत्रमा काम गर्नेबारे छलफल भएको बताइएको छ।

भ्रमणका क्रममा रहेको नेपाली प्रतिनिधिमण्डलले बंगलादेश कृषि अनुसन्धान परिषद्, बंगलादेश धान अनुसन्धान संस्थान,सार्क कृषि केन्द्र, बंगलादेश बीउ संघलगायतका स्थानका साथै बंगलादेशका विभिन्न कृषि परियोजनाको निरीक्षण गर्ने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.