मुस्ताङमा प्रथम कृषि तथा पर्यटन महोत्सव सुरु

मुस्ताङमा प्रथम कृषि तथा पर्यटन महोत्सव सुरु
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा प्रथम कृषि तथा पर्यटन महोत्सव बिहीबारदेखि सुरु भएको छ। समग्र मुस्ताङ जिल्लाकै कृषि तथा पर्यटन प्रवर्द्धन र विकास गर्ने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक ऐतिहासिक घरपझोङ ‘कृषि तथा पर्यटन महोत्सव २०८०' को आयोजना गरिएको हो।

घरपझोङ कृषि तथा पर्यटन महोत्सव शुभारम्भ अघि बाजागाजा, विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकीसहित मुस्ताङको पुथाङ एयरपोर्टदेखि जिल्ला प्रशासन कार्यालय हुँदै जोमसोम बजार परिक्रमा गर्दै घरपझोङ महोत्सव स्थलसम्म र्‍याली प्रदर्शन गरिएको थियो। 

महोत्सव सफल पारौं, कृषि र पर्यटन प्रवर्द्धनमा हातेमालो गरौं भन्ने उद्घोषसहित निस्किएको विशाल महोत्सव र्‍यालीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहभागिता जनाए।

महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले उद्घाटन गरे। यसैगरी मुख्यमन्त्री पाण्डेले घरपझोङ गाउँपालिकाको नवनिर्मित भव्य प्रशासकीय भवन र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको दुई वटा भौतिक संरचना अलग अलग रूपमा उद्घाटन गरे। 

घरपझोङ गाउँपालिकाले ७ करोड ५९ लाख लागतमा संघीय तथा प्रदेश सरकारको साँझेदारी भव्य ४ तले प्रशासकीय भवन निर्माण गरेको हो। यसैगरी घरपझोङ गाउँपालिकाले ४८ लाख लागतमा ३ तले आपतकालीन भवन निर्माण गरेको हो।

घरपझोङ प्रथम कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले  कृषि र पर्यटनको विकास हुन नसके आर्थिक समृद्धि हासिल नहुने उल्लेख गरे। धार्मिक पर्यटनलाई लक्षित गरी गण्डकी प्रदेश सरकारले धार्मिक पर्यटन अघि बढाउन खोजेको मुख्यमन्त्रीको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.