बझाङ केन्द्रविन्दु भएर फेरि २ पटक भूकम्प
![बझाङ केन्द्रविन्दु भएर फेरि २ पटक भूकम्प](https://annapurnapost.prixacdn.net/media/albums/earthquake-2_tTnQeeHflb_dprO8eN29X.jpg)
बझाङ : बझाङमा गए राती फेरि २ पटक भूकम्पको धक्का महसुस गरिएको छ। बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको हो भने राति १२:२३ मा चैनपुर नै केन्द्रविन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भुकम्पबाट त्रसित बझाङबासीले घर बाहिर खुल्ला चौर, मैदान र सडकमै रात बिताएका थिए।
मंगलबार अपराह्न २ बजेर ४३ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ।
भूकम्प मापन केन्द्रका अनुसार मंगलबार १२ पटकसम्म भूकम्पको धक्का महसुस भएको थियो। केन्द्र अनुसार मंगलबार राति १२ : १६ बजेमा ४.१ रेक्टर स्केलको, १२ : ५० मा ४.३ रेक्टर स्केलको, बिहान ४:२७ बजे ४.३ रेक्टर स्केलको र ५ :४३ मा बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
यसैगरी मंगलबार दिउँसो पनि बझाङ केन्द्रविन्दु बनाएर ५.३, ६.३,५.१,४.१, ४.१, ४.३,५,५ रेक्टर स्केलका ८ पटक गएको केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)