चौरीमा चढेर पर्यटन प्रवर्द्धन

चौरीमा चढेर पर्यटन प्रवर्द्धन
सुन्नुहोस्

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिकाका जनप्रतिनिधिले चौरी चढेर पर्यटन प्रवर्द्धन सुरु गरेका छन्। घरपझोङ गाउँपालिकाले बिहीबारदेखि सुरु गरेको ३ दिने कृषि तथा पर्यटन महोत्सवमा गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकालीले संयुक्त रूपमा चौरीमा चढेर पर्यटन प्रवर्द्धनका लागि योगदान पुर्‍याएका हुन्।

मुस्ताङमै पहिलो पटक आयोजना गरिएको बृहत् कृषि तथा पर्यटन महोत्सव घरपझोङ गाउँपालिकाले कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको हो। 

मुस्ताङमा उत्पादित रैथाने अर्गानिक कृषि उत्पादनको प्रदर्शनी, प्रचारप्रसार र बजारीकरण तथा मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक विविधता महोत्सवमा मार्फत पस्किएर बढीभन्दा बढी पर्यटन भित्र्याउन कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको हो।

मुस्ताङको पशुपालन व्यवसायतर्फ याकचौरी तथा भेडाच्यांग्रा पालन महत्वपूर्ण व्यवसायका रूपमा अपनाउँदै आइरहेको पाइन्छ। पारिस्थितिकीय प्रणालीमा समेत योगदान दिने हिमाली क्षेत्रको प्रमुख आयआर्जनको श्रोत मानिएका याकचौरी पालनलाई हिमाली संस्कृतिका रूपमा उजागर गर्न खोजिएको हो। 

महोत्सवमा याकचौरीमा चढेर सयर गरेको प्रति पर्यटक ३ सय रुपैयाँ शुल्क तोकिएको छ। महोत्सवमा घोडा चढ्न पाउने व्यवस्था पनि गरिएको उपाध्यक्ष जमुना थकालीले बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.