बजार अनुगमन प्रभावकारी गराउन ६ बुँदे निर्णय

बजार अनुगमन प्रभावकारी गराउन ६ बुँदे निर्णय

बागलुङ : बागलुङ बजारलाई चुस्तदुरुस्त र बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बागलुङका डिलर व्यवसायी र सरोकारवालाहरूले ६ बुँदे निर्णय गरेका छन्।

चाडपर्व नजिकिँदै गएको अवस्था र बजारलाई चुस्तदुरुस्त, सुरक्षित र मर्यादित बनाउनका लागि शुक्रबार भएको बागलुङ नगरपालिकाको उपभोक्ता हित संरक्षण समिति र डिलर एशोसियसन बीचको छलफलले ६ बुँदे निर्णय गरेको समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। 

नगर उपप्रमुख खड्काले डिलरसिप तथा होलसेलर व्यवसायीहरूले उपभोग्य अवधि कम रहेका कुनै पनि खाद्य सामग्रीहरू बागलुङमा नभित्र्याउने र खुद्रा बिक्रेताहरूलाई सप्लाई नगर्ने, डिलरसिप तथा हालेसेलर व्यवसायीहरूले बजारमा म्याद सकिएका खाद्य सामग्रीहरू भए नभएको नियमित हेरेर त्यस्ता सामानहरू समय–समयमा उठाउने व्यवस्था गर्ने, विना बिल कुनै पनि सामानहरू खरिद बिक्री नगर्ने र डिलरसिप तथा होलसेलर व्यवसायीले आफूले सप्लाई खुद्रा बिक्रेताहरूको सूची तयार गरि राख्ने निर्णय भएको बताए। 

उनले म्याद सकिएका सामानहरू कम्पनीले फिर्ता गर्ने भएको हुँदा समय–समयमा म्याद सकिएका मालसामान फिर्ता पठाइदिनु भन्ने जस्ता सूचनामुलक सचेतीकरण गर्ने, बागलुङमा भित्रिने सबै सामानहरूको उत्पादक कम्पनीहरूमा नाम ठेगानासहितको विवरण डिलर एसोसियसनले बागलुङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय बागलुङमा उपलब्ध गराउने र खाद्य सामग्रीहरू उत्पादकहरूको उत्पादनमा उत्पादन मिति म्याद सकिने मिति र उपभोग्य अवधि स्पष्ट रूपमा लिखिएको लेबल लगाउन सम्बन्धी उत्पादन कम्पनीलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले बागलुङ बजारको अनुगमनलाई तीव्रता समेत दिएको छ। नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर बजार अनुगमनलाई तीव्र दिएको उपप्रमुख खड्काले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.