कथा बहाकोट कालिकाको

संस्कृति

कथा बहाकोट कालिकाको
सुन्नुहोस्

गण्डकी प्रदेशको स्याङ्जामा रहेको बहाकोट कालिका जिल्लाकै प्रमुख शत्तिाmपीठमध्ये एक मानिन्छ। जहाँ आन्तरिक पर्यटकको पनि घुइँचो लाग्ने गर्छ।

बहाकोट मन्दिर पुग्दै गर्दा बाटोमा पर्ने घलमडाँडा र मन्दिरको डाँडाबाट देखिने कोल्मा बराहचौर र डाँडास्वारालगायतमा ठाउँहरूको दृश्यावलोकन गर्न सकिन्छ। गण्डकी प्रदेशको स्याङ्जामा रहेको बहाकोट कालिका जिल्लाकै प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ। स्याङ्जाको सदरमुकाम स्याङ्जाबजारबाट करिब एक घण्टाको दूरीमा पर्ने बहाकोट मन्दिरमा पुतलीबजार नगरपालिका—९ बहाकोटमा पर्छ। 

मन्दिरको भवन २०४७ सालमा निर्माण गरिए पनि धेरै पुरानो रहेको जनविश्वास छ। परापूर्व समयमा बाइसे, चौबिसे राजाका पालामा राजाहरू लडाइँ गर्न सहज हुने र अग्लो स्थानबाट सबै नियाल्न सकिने हुँदा विशेषगरी अग्लो स्थानमा बस्थे। त्यसै बेलामा बसोबास गर्ने राजाका छोरा सिकार खेल्न गएको बेलामा तत्कालीन राजकुमारले बाघ र बाघिनीको सिकार गरेको र भोलिपल्ट सोही स्थानमा दुईकन्या (कण्ठावती र कुश्मावती) उत्पन्न भई उनीहरू त्यहीँ अलप भएको र सोही स्थानमा पूजाआजा गर्दै आएको किंवदन्ती रहेको मन्दिरका पुजारी पण्डित धर्मराज मरासिनी बताउँछन्। यसरी राजकुमारले सिकार खेलेर बाघ र बघिनी मारेकाले यस ठाउँको नाम नै बहाकोट राखिएको बताइन्छ।

बहाकोट कालिकामा विशेषतः दसैंको नवदुर्गामा विशेष मेला लाग्छ। मन्दिरमा केही पुराना हतियारसहित महाकालीको मूर्ति राखिएको छ। अहिले मन्दिरमा विशेषतः कण्ठावती, कुश्मावती, महाकाली र नवदुर्गाको पूजा हुन्छ। यस मन्दिरमा विशेषगरी वडादसैंको नवमी, चैतेदसंैको अष्टमीलगायत प्रमुख दिनहरूमा देवीको पूजा हुने गर्छ। विशेषतः बडादसैं र चैतेदसैंमा भाकल गरेका भक्तजनले बलि दिने परम्परा छ। दसैंको नवदुर्गाको ९ दिनमध्ये अष्टमी, नवमीको दिनलाई विशेष मानिन्छ। मन्दिर व्यवस्थापन समितिको नियम र विगतमा चलिआएको परम्पराअनुसार 

राँगो र बोकाको बलि दिने गरिन्छ।

मन्दिरमा पूजा गर्ने पण्डित र बलि काट्ने दुवैले कठिन व्रत बस्नुपर्ने हुन्छ। पूजाका लागि यस स्थानमा स्याङ्जासहित कास्की, तनहुँ, पर्वत, पाल्पालगायत छिमेकी जिल्लाबाट समेत भक्तजनको घुइँचो लाग्छ। यसरी आउने भक्तजनले बाजागाजासहित ल्याउने पञ्चौलीले बहाकोटको रौनक नै बदलिदिन्छ। भाकल गरेर पूजा गरे चिताएको जुनसुकै कुरा पूरा हुने विश्वास गरिन्छ। बहाकोट आसपासका जिल्लाबाट पनि आउने गरेको पाइन्छ। मन्दिरमा परापूर्वकालको इतिहासलाई जीवित राख्न मन्दिरमा हालसालै कण्ठावती र कुश्मावतीको मूर्तिहरू निर्माण गरिसकिएको छ। हालसालै जीर्ण भएको मन्दिरको पुनर्निर्माणसमेत सम्पन्न भइसकेको छ। दसैंको मेलालाई लक्षित गरेर एक करोडभन्दा बढी लागतमा मन्दिरको निर्माण गरिएको हो।

पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय र बाह्य सहयोगी एवं चन्दादाताको सहयोगमा संकलित १ करोड १ लाख ३५ हजार ८ सय ८ रुपैयाँ लागतमा बहाकोट कालिका मन्दिर निर्माण गरिएको आर्थिक संकलन संयोजक इन्द्रबहादुर थापाको भनाइ छ। मन्दिरको पुनर्निर्माणसँगै पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ। मन्दिरसम्म पुग्ने सडकको अवस्था सुधारे यो स्थान राष्ट्रियस्तरमा लोकप्रिय बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.