प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान भएको भेटमा कोसी प्रदेश सरकार, समाजवादी मोर्चा र केन्द्र सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। 

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाललाई भेटेपछि पत्रकारसँग नेपालले अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको जानकारी दिए। उनले समाजवादी मोर्चा नेपालले धनगढीमा गर्ने आम सभाको विषयमा पनि छलफल भएको बताए। नेपालले प्रदेश र जिल्लामा संयन्त्र बनाइ कतिपय ठाउँमा देखिएका समस्या र गुनासाको सम्बोधन गर्ने विषयमा पनि छलफल भएको बताए।

उनीहरुबीच सरकारका विभिन्न निकायका नियुक्तिका विषयमा पनि छलफल भएको बताए। उनले भने, ‘संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणमा भेटघाटको सन्दर्भ, संसदमा सम्बोधन गर्ने कुराको सन्दर्भमा पनि कुरा भयो। सदन सञ्चालन कहिलेसम्म हुने ? त्यस बारेमा पनि कुरा भयो ।’

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.