वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले गरे रक्तदान
![वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले गरे रक्तदान](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_YHpuumP1uV_kC5OV7OcNn.jpg)
वीरगन्ज : वीरगन्ज कारागारका १ सय ५८ कैदीबन्दीले रक्तदान गरेका छन्।
वीरगन्जस्थित प्रभु हस्पिटलको चौथो स्थापना दिवसका अवसरमा शनिबार कारागार परिसरभित्रै आयोजित रक्तदान कार्यक्रममा कारागारका १ सय ५८ कैदीबन्दीले रक्तदान गरेका हुन्।
कार्यक्रममा पाँच जना सशस्त्र प्रहरीसहित १ सय ६३ जनाले रक्तदान गरेकोमा त्यसमध्ये कैदीबन्दीको संख्या १ सय ५८ जना रहेको कारागार प्रमुख फणिन्द्र दाहालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)